April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५ हजार ३४७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ७४ लाख ४९ हजार ६७५ पुगेको छ । विश्वभर ९ करोड २९ लाख ६४ हजारभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ३८५ जना निको भएका छन् ।होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १८ लाख ८० हजार १९१ छ । यसमध्ये ८९ हजार ४९५ जनाको अवस्था गम्भीर रहेको छ । हालसम्म अमेरिकामा पाँच लाख ३७ हजार ८३८ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा २ लाख ५० हजार ७९ जना, भारतमा १ लाख ५७ हजार ८९० जना, रूसमा ८९ हजार ९४ जना, बेलायतमा १ लाख २४ हजार ५०१ जना, फ्रान्समा ८८ हजार ५७४ जना, इटालीमा ९९ हजार ७८५ जनाको मृत्यु भएको छ ।