April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

आफ्नो कीर्तिमान तोडेपछि पेलेले दिए रोनाल्डोलाई बधाई

आफ्नो कीर्तिमान तोडेपछि पेलेले दिए रोनाल्डोलाई बधाई

क्रिष्टियानो रोनाल्डोलाई फुटबलमा महान खेलाडी पेलेले बधाई दिएका छन् । औपचारिक खेलमा सर्वाधिक गोल गर्ने आफ्नो कीर्तिमान रोनाल्डोले तोडेपछि पेलेले बधाई दिएका हुन् ।

रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति काग्लिएरीसँग भएको खेलको सुरुको ३२ मिनेट भित्र तीन गोल गरे । उनले आफ्नो खेल जीवनमा ७७० गोल गरेका छन् । यो पेलेले खेल जीवनमा गरेको भन्दा तीन गोल बढि हो । उनले आफ्नो खेल जीवनमा ७६७ गोल गरेका थिए ।

पेलेले इन्स्टाग्राम मार्फत रोनाल्डोलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘जीवन एक्लो उडान हो । रहेक यात्राले आफ्नै गन्तव्य तय गर्छ । र तिमीले कति सुन्दर यात्रा गरिरहेका छौँ । म तिमीलाई अति सम्मान गर्छु, तिमी खेल्दै गरेको हेर्न आनन्द लाग्छ र यो कुरा कसैबाट छिपेको छैन । औपचारिक खेलमा मैले बनाएको गोल कीर्तिमान भंग गरेकोमा धेरै बधाई ।’

रोनाल्डोले पेलेप्रति आफ्नो असीमित सम्मान र आदर रहेको बताएका संचारमाध्यमले उल्लेख गरेकाछन् ।