April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहर शुरु भएसँगै एक महिनाको लकडाउन

फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहर शुरु भएसँगै एक महिनाको लकडाउन

फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहर शुरु भएको छ । तेस्रो चरणको लहर शुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लागि लकडाउनको घोषणा गरिएको वीवीसीले जनाएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ । नयाँ लकडाउनमा अत्यावश्यकबाहेकका काम बन्द गरिनेछ तर स्कूल भने खुला राखिनेछ । यद्यपि, ६ माइलको दायरामा भने उनीहरु आवतजावत गर्न पाउनेछन् । वैध कारण बाहेक मानिसहरुले देशका एक ठाउँबाट अर्को ठाउँसम्मको यात्रा गर्न पाउने छैनन् ।


फ्रान्सका प्रधानमन्त्री जीन केस्टेस्कले अहिलेको लकडाउन पहिलेको जस्तै कडा खालको नहुने बताएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा ३५ हजार जना नयाँ संक्रमित फेला परेका छन् । प्रधानमन्त्रीका अनुसार देशमा कोरोनाभाइरसको तेस्रो लहर तीव्ररूपमा अघि बढिरहेको छ ।
स्वास्थ्यमन्त्री ओलिभर वेरनका अनुसार पेरिसमा स्थिति निकै खराब बन्दै गइरहेको छ । त्यहाँ १२ सयभन्दा बढी आईसीयूमा भर्ना भएका छन् । गत वर्षको नोभेम्बरमा योभन्दा आधा संख्यामा मात्र बिरामी भर्ना भएका थिए ।