April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर


काठमाडौं । बलिउड चर्चित अभिनेत्री किरण खेरलाई मल्टिपल साइलोमा भएको खुलासा भएको छ । भारतीय जनता पार्टीको तर्फबाट चण्डीगढकी सांसद समेत रहेकी किरणलाई एक किसिमको ब्लड क्यान्सर भएको खुलेको हो । अहिले किरणको मुम्बइमा उपचार भइरहेको बताइएको छ । किरण खेरका मित्र तथा भाजपा चण्डीगढका सदस्य अरुण सूदले विशेष पत्रकार सम्मेलन गरेर किरणको स्वास्थ्यबारे खुलासा गरेका हुन् । उनका अनुसार किरण २०२० देखि नै यो समस्याको उपचार गराइरहेकी छिन् ।

पत्रकार सम्मेलनमा सूदले भने किरण गएको नोभेम्बर ११ देखिनै उपचार रहेको बताएका बताउँका छन् । शुरुमा उनको हात चण्डीगढको घरमा हुँदा फ्र्याक्चर भएको पछि चण्डीगढको पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च मा उपचारको क्रममा क्यान्सर भएको उनले बताएका छन् । चण्डिगढमा मल्टिपल साइलोमाको सुरुवाती पक्षण पाइयो, त्यसपछि यो समस्या बायाँ हातबाट दायाँ काँधसम्म फैलिएको पाइएपछि उनलाई पछि ४ डिसेम्बरमा एयरलिफ्ट गरेर उपचारको लागि मुम्बइ ल्याइयो उनले बताएका छन् । किरण खेर बलिउड अभिनेता अनुपम खेरकी पत्नी हुन् ।