April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सनराइज बैंकद्वारा निशुुल्क आँखा शिविर सम्पन्न

सनराइज बैंकद्वारा निशुुल्क आँखा शिविर सम्पन्न

सनराइज बैंक विरगञ्ज शाखा र लायन्स क्लब विरगंञ्जद्वारा आ.एम केडियाआई अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार रुपैया आर्थिक सहयोग गरेको हो । शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेको थियो जसमा १०० जनाको आँखामा समस्या देखिएपछि थप निशुल्क उपचार गरिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गरेका थिए ।


सन्राइज बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकद्धारा प्रेसित प्रेस विज्ञप्ति भनिएको छ ।