May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

रु रु जलविद्युत् परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रु रु जलविद्युत् परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


चैत २४, काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत् परियोजनाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सोमवार साझ ५ बजेसम्म मागभन्दा ४९ दशमलव ४९ गुणा अर्थात् करीब ५० गुणा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्ने भएको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा न्यूनतम अंकित मूल्य १०० मै आईपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा भने प्रिमियम मूल्य सहित आईपीओ विक्री गरेको हो ।


सिडिएस एण्ड क्यिरिङ लिमिटेडको अनुसार सोमवार साझसम्म यस आईपीओमा १३ लाख ८ हजार ९८५ जनाले १ करोड ८७ लाख ६५ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

कम्पनीले अंकित मूल्य १०० मा २० प्रिमियम थप गरी प्रतिकित्ता १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गरेको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म मंगलवार बैंकिङ समयसम्म माग गर्न सकिने व्यवस्था छ । हाल ३२ करोड ६१ लाख ६४ हजार ४०० चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी ४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ ।