April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोडको कारोबार

नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोडको कारोबार

चैत २४, काठमाडौं ।
साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसुचक नेप्से १५.७२ अंकले बढेको छ । उक्त अंकले बढेको परिसुचक २६७४ अंक कायम भएको छ । यो अंक हालसम्मकै उच्च हो । यस दिन कुल २१३ कम्पनीको ७ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आज होटल तथा पर्यटन २०५, विकास बैंक २९, जलविद्युत ११४, उत्पादन १८३, माइक्रोफाइनान्स ६४ र लगानी समूह २ अंकले बढेका छन् ।

यस्तै ब्यापार ४३२, फाइनान्स ३, निर्जीवन बीमा २८७, अन्य ३ र जीवन बीमा समूह १९१ अंकले घटेका छन् । यस दिन ११ जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा मूल्य कमाएका छन् । चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड इदिमर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ ।

ओमी माइक्रोफाइनान्स, महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, सान्जेन जलविद्युत, शिवश्री हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै रसुवागढीको मूल्य ९.३ प्रतिशतले बढेको छ । यस दिन साल्ट ट्रेडिङका सेयर लगानीकर्ताले सबैभन्दा धेरै मूल्य १० प्रतिशत गुमाएका छन् । त्यस्तै सानिमा जनरल इन्स्योरेन्सका र अजोडका लगानीकर्ताले ८.७ प्रतिशत मूल्य गुमाएका छन् ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ३९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ९४ हजार ९०० कित्ता सेयर किनबेच भएको छ।