April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कट्रीना कैफलाई कोरोना संक्रमण, टाइगर–३ को छायांकन प्रभावित

कट्रीना कैफलाई कोरोना संक्रमण, टाइगर–३ को छायांकन प्रभावित

चैत २५, काठमाडौं ।
बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु। मैले तुरुन्तै आफूलाई आइशोलेट गरिसकेकी छु । र होमआइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा आउने सबैलाई तत्काल आफ्नो कोरोना जाँच गराउनुस् ।’

कट्रीना हाल ‘टाइगर ३’ को छायांकनमा व्यस्त थिइन् । कोरोना भाइरस संक्रमण पोजेटिभ भएपछि चलचित्रको छायांकन प्रभावित बनेको छ । यशराज स्टुडियो मुम्बईमा चलचित्रको छायांकन भइरहेको थियो। कट्रीनालाई कोरोना संक्रमण भइसकेपछि स्टुडियोले तीन सातापछि मात्रै उनको भूमिका छायांकन गर्ने जनाएको छ । हाल सलमान उनको एकल भूमिकाको छायांकन गरिरहेका छन् । भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै मुम्बइमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

विगत केही दिनमै बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ । पछिल्लो समय बलिउड कलाकारहरु आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगायत ठूला कलाकारहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् उनीहरु आफूलाई आइशोलेसनमा राखेका छन् ।