April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमा अस्वाभाविक गिरावट

साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमा अस्वाभाविक गिरावट

काठमाडौं, चैत्र २५
साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मुल्यमा भारी गिरावट भएको छ । कुनै समय तीब्ररुपमा बढेको यस कम्पनीको सेयर मुल्य दिनहुँ अस्वाभाविकरुपमा घट्दै गएको हो । नकारात्मक सर्किट लाग्नेगरी उच्च दरमा सेयर मुल्य घट्दा ठूलो लगानी गरेर सेयर खरीद गरेका लगानीकर्ता मर्कामा परका छन् । साल्ट ट्रेडिङको सेयर अघिल्ला दुई दिनमा नकारात्मक सर्किटमा थियो र आज (बुधबार) पनि यसको मूल्य घट्ने क्रम जारी छ ।

आज कारोबार खुलेको छ मिनेटमै कम्पनीको सेयर मूल्य ५.०५ प्रतिशत (पाँच सय ९५ रुपियाँ) ले घटेर ११ हजार १९७ रुपियाँमा झरेको थियो । भारी गिरावट हुँदै गरेको साल्ट ट्रेडिङको सेयर मूल्य बढ्ने कुनै सम्भावना देखिदैन । कम्पनीले सोमबार मात्र लाभांशको घोषणा गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश दिने सोमबार घोषणा गरे सँगै कम्पनीको सेयर मूल्य घटेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५–७६ मा २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५–७६ को तुलनामा यस कम्पनीको लाभांश दर घटाएको छ । साल्ट ट्रेडिङको लाभांश घटेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आर्कषण घटेको र यसै कारण सेयर मूल्यमा भारी गिरावट आएको देखिन्छ ।