April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सिद्धार्थ बैंकको १ करोड १७ लाख बोनस शेयर सुचिकृत

सिद्धार्थ बैंकको १ करोड १७ लाख बोनस शेयर सुचिकृत

चैत २५, काठमाडौं ।
सिद्धार्थ बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ। बुधबार कम्पनीको १ करोड १७ लाख ४५ हजार ३ सय ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
बैंकको साधारणसभाले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस आज सुचिकृत भएको हो ।