April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सम्पत्ति घटेपनि धनाढयको सूचीमा चौधरी फेरि पर्न सफल, यि हुन अन्य संसारका १० धनाढयाहरु

सम्पत्ति घटेपनि धनाढयको सूचीमा चौधरी फेरि पर्न सफल, यि हुन अन्य संसारका १० धनाढयाहरु


काठमाण्डौ । फोब्र्सले सार्वजनिक गरेको नयाँ विश्वका धनाढ्याहरुको सूचीमा यसपालि पनि नेपालबाट विनोद चौधरीमात्रै पर्न सफल भएका छन् । सन् २०१३ देखि फोब्र्सले सार्वजनिक गर्दै आएको विश्वका धनाढ्यहरुको सूचीमा पर्दै आएका चौधरी कोरोनाका कारण आफ्नो सम्पत्ति घटेपनि २१४१ औँ स्थानमा पर्न सफल भएका छन् । अघिल्लो वर्ष उनी यो सूचीको १५१३ स्थानमा थिए । कोरोना संक्रमणले गर्दा चौधरीको सम्पत्ति घटेर १.४ अर्ब डलरमा झरेको छ । उनको सन् २०१९ मा १.७ अर्ब अमेरिकी डलर रहेको थियो ।

अमेजनका मालिक जेफ बेजोस संसारकै सर्वाधिक धनाढ्यको सूचीमा पुनः शीर्ष स्थानमा पुगेका छन् । फोब्र्सको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्तिमा ११५ मिलियन डलर घट्दा पनि उनी शीर्ष स्थानमा नै पर्न सफल भएका छन् । गतवर्ष पनि उनी शीर्ष स्थानमा नै थिए ।

यस्तै, टेस्ला, स्पेसएक्सका मालिक ४९ वर्षीय एलन मस्क १६९.९ बिलियन डलरसहित दोस्रो स्थानमा रहेको छन् । यसवर्ष उनको सम्पत्तिमा ११६ मिलियन डलरको वृद्धि भएको छ ।

फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली तेस्रो स्थानमा छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ । बर्नार्ड ७२ वर्षका भए ।

यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन डलर घटेको छ ।

पाँचौं स्थानमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेको छ । उनको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ ।

कूल सम्पत्ति ९९.८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा आसिन छन् । उनको सम्पत्तिमा ३४० मिलियन डलर थपिएको छ ।

यस्तै, ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन् । यो वर्ष यी तीनैजनाको सम्पत्ति घटेको छ ।

यस्तै, भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित यो सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलरको वृद्धि भएको छ ।