April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

चैत २६, काठमाडौं ।
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयरमा बिहीबार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिनेछ ।प्रिमियरले आफ्नो स्वामित्वमा रहेको कोषको सेयर चैत ११ गतेदेखि लिलामीमा ल्याएको हो । कोषको संस्थापक सेयरको न्यूनतम भाउ प्रतिकित्ता १३ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई आधार मानेर सो वा सोभन्दा बढी भाउ अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।