April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमयदर

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको मुद्रा विनिमयदर


काठमाडौं ः अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । बिहीबार एकैदिन डलरको भाउ १ रुपैयाँ ७९ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो । भारु र नेपाली रुपैयाँबीच स्थिर बिनिमय दर छ । यही कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । भारतमा कोरोना संकट चुलिएका कारण पनि भारु कमजोर भएको अनुमान गरिएको छ ।

नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ । तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुका साथै विदेश पढ्न तथा उपचार गर्न जाने विद्यार्थीलाई भने समस्या पर्छ ।

यस्तैगरी अष्ट्रेलियत डलर १ को खरिदमा ९०.७७ नेपाली रुपैयाँ, र विक्रीदर ९५.०१ रुपैयाँ रहेको छ । क्यानेडियन डलर १ को खरिद गर्दा ९४.५३ रुपैयाँ तोकेको छ भने, विक्रीदर ९५.०१ रुपैयाँ तोकेको छ । यस्तै, सिंगापुर डलर १ को खरिदमा ८८.५३ रुपैयाँ तोकेको छ, विक्रीदर ८९.३२ रुपैयाँ रहेको छ । हङ्कङको डलर १ को खरिदमा १५.२९ रुपैयाँ र विक्रीदर १५.३६ रुपैयाँ रहेको छ ।