April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सुनको भाउ एकैपटक एक हजार रुपैयाँले बृद्धि, चाँदीको पनि बढ्यो

सुनको भाउ एकैपटक एक हजार रुपैयाँले बृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौँ / स्थानीय बजारमा सुनको भाउ एकैपटक एक हजार रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ८९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोही परिमाणको तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ समेत एकैपटक तोलामा १५ रुपैयाँ बढेको छ । बुधबार एक हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।