April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

भारतमा एकैदिन १ लाख २६ हजारभन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ६ सय ८५ जनाको मृत्यु

भारतमा एकैदिन १ लाख २६ हजारभन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ६ सय ८५ जनाको मृत्यु

चैत २६, काठमाडौं ।
भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा एक लाख २६ हजार ७८९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ । हाल भारतमा ९ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६८५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै छत्तीसगढमा १० हजारभन्दा संक्रमित फेला परेका छन् भने कर्नाटक र उत्तर प्रदेशमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारभन्दा बढी छ ।