April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गतेका लागि सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गतेका लागि सर्‍यो

चैत २६,काठमाडौं ।
नेपाली कांग्रेसको भोलि (शुक्रबार) बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक सारिएको हो । अर्को बैठक चैत ३० गते दिउसो २ बजेका लागि तय गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।