April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नयाँ वर्षमा १५ ओटा कम्पनीले ५ अर्ब ५५ करोडको आईपीओ निष्कासन गर्दै, कुन कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्ने ?

नयाँ वर्षमा १५ ओटा कम्पनीले ५ अर्ब ५५ करोडको आईपीओ निष्कासन गर्दै, कुन कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्ने ?

काठमाडौं, चैत्र २६
नयाँ वर्ष वि.सं २०७८ मा १५ ओटा कम्पनीहरुले आईपीओ निष्कासन गर्ने भएका छन् । उक्त कम्पनीहरुले रू. ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्न निवेदन दिएका यी १५ ओटा कम्पनीमध्ये ११ ओटा जलविद्युत् कम्पनी, २ ओटा लघुवित्त कम्पनी र २ अन्य समूहका कम्पनी रहेका छन् ।

कम्पनीको आईपीओ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्न पाउने छन् । भोटेकोशी जलविद्युतले सबैभन्दा बढी आईपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ । यसैगरी मनकामना स्र्माट लघुवित्त वित्तीयले अन्य कम्पनीहरु भन्दा थोरै आईपीओ निष्कासन गर्नको छ । कम्पनीले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो ।

कम्पनीको नाम आईपीओ (कित्ता)
मध्य भोटेकोशी जलविद्युत् कम्पनी १५००००००
सहास उर्जा लिमिटेड १०५०००००
गी्रन भेञ्चर लिमिटेड ६२५००००
न्यादी हाइड्रोपावर ४०५००००
बेल्फी हाइड्रोपावर ३६५५९४०
सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी २५१८२३०
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी २५०००००
डिस मिडिया नेटवर्क २३८५९२९
हिमालयन हाइड्रोपावर २२५००००
जीवन विकास लघुवित्त १९७७३००
समलिङ पावर कम्पनी १२३००००
बुद्धभूमि पावर कम्पनी १२०००००
सयपत्रि हाइड्रोपावर ९०००००
मैलुङ खोला जलविद्युत् कम्पनी ७३६२८६
मनकामना स्र्माट लघुवित्त वित्तीय संस्था ३८९०००
कुल ५५५४२६८५
स्रोतः नेपाल धितोपत्र बोर्ड