April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेप्सेमा सामान्य अंकको वृद्धि, साढे ६ अर्बको कारोबार

नेप्सेमा सामान्य अंकको वृद्धि, साढे ६ अर्बको कारोबार

चैत २६, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से नेप्से २.७ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६७४ अंकमा कायम भएको छ । आज २०७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार कित्ता सेयर ७० हजार २३९ पटक खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ७ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

समूहगत रुपमा हेर्दा बैंकिङ १, होटल तथा पर्यटन २९, विकास बैंक २०, फाइनान्स ३९, माइक्रोफाइनान्स १०६ र जीवन बीमा ९१ अंकले बढेका छन् । ब्यापार ३२, जलविद्युत २३, निर्जीवन बीमा ६२, उत्पादन २८ र अन्य समूह २२ अंकले घटेका छन् । यस दिन ६ कम्पनीेले भने १० प्रतिशत मूल्य कमाएका छन् । एनआइसी एसिया लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र ग्लोबल आइएमई लघुवित्तको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो । आज बिमा र बैंकिङ क्षेत्रको उपसूचक हरियो हुँदा हाइड्रोपावर, उत्पादन, लगानी, निर्जीवन बिमाको उपसूचक भने रातो भएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीले कमाएको छ । कम्पनीको ३५ करोड ९३ लाख ९० हजारको कारोबार भएको छ । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २४ करोड ६२ लाख ८७ हजार र नेपाल बैंकको २४ करोड १ लाख ६४ हजारको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडका सबैभन्दा धेरै पाँच लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ ।