April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नेपाल बैंकको बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत

नेपाल बैंकको बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत

चैत २६,काठमाडौं ।
नेपाल बैंकको बोनस तथा हकप्रद शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको  १ करोड ३५ लाख ३९ हजार ३८४ दशमलव २४ कित्ता बोनस शेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७१÷०७२ मा निष्कासन गरेको हकप्रद शेयर सूचीकृत गराएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।