April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

चैत २६, काठामाडौं ।
अमेरिकाको शहर टेक्ससमा भएको गोली प्रहारमा एक नेपालीको मृत्यु भएको छ । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको हो । अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो । अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ ।

घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए । प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ भने गोली चलाउनेले प्रयोग गरेको सवारी साधन पत्ता लगाउने तयारी गरेका छन् । झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए ।