April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा, कुन जिल्लाको सिडिओ को भए ? (सूचीसहित)

गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा, कुन जिल्लाको सिडिओ को भए ? (सूचीसहित)

चैत २६, काठमाडौं ।
गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ८ जिल्लाका २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।

सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रजिअ भएका छन् ।