April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छः प्रधानमन्त्री ओली

मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छः प्रधानमन्त्री ओली

चैत २६, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमणबाट बच्न र मुलुकमा लकडाउन गर्नुपर्ने स्थिति आउन नदिन सबैलाई स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउन आग्रह गरे । पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भन्दै भएकाले सबैलाई सचेत रहन आग्रह गरेका हुन् । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए । उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु -‘ हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्नुपर्ने स्थिति आउन सक्छ, यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिले देखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित् हामी कोभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु, यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’ प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए । कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताए ।

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको बताए। उनले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं। पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहिंबाट फालिदिएपछि चैट। नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही पर्सेन्ट (प्रतिशत) सुरक्षित गर्ने हो केही पर्सेन्ट बाँकी रहन्छ त्यही केही पर्सेन्ट भित्र परियो भने गैगयो नी। त्यसकारण पूर्ण भन्ने कुरा सत प्रतिशत केहीपनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’