May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एसबिआई बैंक द्धारा ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात

एसबिआई बैंक  द्धारा ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात

चैत ३१, काठमाडौं ।
नेपाल एसबिआई बैंकले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्नसकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्ने भन्दै बैंकले उक्त प्रणालीमार्फत कनेक्ट आइपीएस अथवा एनएचसीएल आइपीएसमा रियल–टाइम वा नन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिने जनाएको छ ।