May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा देशवासीका नाममा सम्बोधन गर्ने

चैत ३१, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ । नयाँ वर्षको शुभकामना, सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको बारेमा प्रधानमन्त्री ओलीको सम्बोधनमा उल्लेख गर्नेछन् ।

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम ग¥यो र के उपलब्धी हासिल ग¥यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए ।