May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति ?

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य कति ?


नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले शनिवार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।

मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ । भने डिजेल÷मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ । एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।