June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

राष्ट्रपति भण्डारीद्धारा एकैपटक ७ अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्धारा एकैपटक ७ अध्यादेश जारी

वैशाख २१, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् सात वटा अध्यादेश जारी गरेकी हुन् ।

भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायतका अध्यादेश जारी गरेकी हुन् ।