June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

युनाइटेड इन्सुरेन्सले कमायो ५ करोड भन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

युनाइटेड इन्सुरेन्सले कमायो ५ करोड भन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

बैशाख २४, काठमाडौं ।
युनाइटेड इन्सुरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड २७ लाख रुपैयाँ नफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा ३३५.५३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, खुद बिमा शुल्क ५३.१७ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ६९ करोड १३ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा संस्थाको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ रहेको छ ।