June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोना संक्रमणका कारण संसद सचिवालयमा कार्यरत उपसचिवको मृत्यु

कोरोना संक्रमणका कारण संसद सचिवालयमा कार्यरत उपसचिवको मृत्यु

वैशाख २४, काठमाडौं ।
संघीय संसद् सचिवालयमा कार्यरत एक उपसचिवको कोरोना संक्रमणपछि मृत्यु भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो ।