June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन, निषेधाज्ञामा पनि सरकार राजस्व संकलन गर्दे

लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन, निषेधाज्ञामा पनि सरकार राजस्व संकलन गर्दे


सरकारले लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन गरेको छ । महाखेला नियन्त्रक कार्यालयका अनुसार शनिबार (बैशाख २५) सम्ममा कुल वार्षिक लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् ७ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो । चालू आर्थिक वर्षका लागि सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । कोभिड–१९ महामारीका कारण बजेटको अर्धवार्षिक समीक्षामार्फत लक्ष्य घटाएको हो । संशोधित लक्ष्यअनुसार चालू आर्थिक वर्षमा सरकारले ९ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ७३.९८ प्रतिशत संकलन गरेको हो ।


यसैबीच सरकारले निषेधाज्ञामा पनि कर तिर्न भनेको छ । वैशाख १६ गतेबाट काठमाडौं उपत्यकासहित अन्य थुप्रै जिल्लामा निषेधाज्ञा लागू भएपनि सरकारले त्यस्को बेवास्था गर्दे कर तिर्न भनेको हो । निजी क्षेत्रले भ्याट र अन्तःशुल्क तिर्ने समय थप गर्न माग गर्दै आएका थिए । निजी क्षेत्रका छाता संगठनहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर नै निषेशाज्ञाको अवधिमा कर भुक्तानी सहज नभएकाले म्याद थप गरेर सहजीकरण गर्न माग गरेका थिए । निजी क्षेत्रले माग गरेपनि अर्थमन्त्रालयले कर तिर्ने समयको म्याद थपेको छैन् । यस्ले सरकार राजस्व उठाउन मात्रै लागि परेको आरोप निजी क्षेत्रले लगाउँदै आएका छन् । निजी क्षेत्रले घरमा उद्योगी ब्यावसायी थुनेर कर तिर्न आइज भनेको आरोप लगाएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा (लकडाउन) मा रहेको अवस्थामा व्यापार व्यवसाय प्रायः ठप्प भएकाले कर तथा राजस्व तिर्ने समयावधि थपिदिन माग गरेको भएपनि सरकारले कुनै सुनुवाई नगरेको बताएको छ ।