June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

वैशाख २९, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२४ जना संक्रमित थपिएका छन् । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ । त्यस्तै ४ हजार ४४४ जना निको भएका छन् । निको हुने दर ७४.९ प्रतिशत छ । बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।