June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि, वैदेशिक रोजगारीमा जाने कामदार भने घटे

रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि, वैदेशिक रोजगारीमा जाने कामदार भने घटे

चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७ खर्ब २९ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै बैंकले विदेशी मुद्रा आप्रवाह रेमिट्यान्स १६ दशमलभ ५ प्रतिशतले वृद्धि हुँदै ७ खर्ब २९ अर्ब २ करोड पुगेको जनाएको हो ।
गत वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४ दशमलव २ प्रतिशतले घट्न पुगेको थियो । राष्ट्र बैंकका अनुसार वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चैत २०७७ सम्मको तथ्यांक अनुसार गत महिना फागुनको तुलनामा रेमिट्यान्स १३ प्रतिशतले बढेको छ ।

चैतसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२% ले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३% ले बढेर ६ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९% ले घटेको थियो । 

रेमिट्यान्स बढेपनि विगत एक वर्षमा कोभिडकका कारण वैदेशिक रोजगारी पभावित हुँदा वैदेशिक रोजगारीम जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलभ २ प्रतिशले बढेको थियो । चैत महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६.७% ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२% ले बढेको थियो । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ५५.७% ले घटेको छ ।