June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

के महन्थले प्रधानमन्त्री बन्नबाट देउवालाई रोक्छन त ?

के महन्थले प्रधानमन्त्री बन्नबाट देउवालाई रोक्छन त ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने दौडमा आज अन्तिम कसरतमा छन् । उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम अस्त्रका रुपमा बाधक बनाएका छन् । प्रधानमन्त्री ठाकुरले ओलीको आडमा कुनै हालतमा पनि देउवालाई प्रधानमन्त्री बन्न नदिने कसम खादै आएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाको नयाँ सरकार निर्माणमा कसैलाई साथ नभएको पत्र ठाकुरले बुझाउने निर्णय लिइसकेका छन् । उनको त्यो कदम देउवालाई रोक्ने रणनीतिका साथ भएको हो । यस्ले पनि नभएमा प्रधानमन्त्री ओलीकै ग्रण्ड डिजाइनमा नयाँ बहुमतको ब्याख्या गर्ने शैली र संविद्यानालाई नै नयाँ तरिकाले ब्याख्या गरेर भएपनि उनीहरु बहुमत पु¥याउन नदिन लागिपरेका छन् । ओली समूह र जसपाको ठाकुर समूहले प्रतिनिधि सभाको संख्यालाई मान्ने या प्रतिनिधि सभामा रहने २७५ मध्येको बहुमतलाई मान्ने भन्ने विवाद निकाल्ने भएका छन् ।


स्रोतका अनुसार एमालेको ओली समूह र जसपाको ठाकुर समूहले यसबारे राष्ट्रपति विद्या भण्डारीसँग सम्पर्क गरी कुरा पु¥याई सकेका छन् । उनीहरुले बहुमतको प्रधानमन्त्री बन्ने २७५ संख्याको आधा १३८ सांसद संख्या पुर्याउनुपर्ने जिकिर गरेका छन् ।

ओलीविरोधी गठबन्धनले एमालेका २० सांसदलाई राजीनामा गराएर भएपनि तत्काल कायम रहेको प्रतिनिधि सभाको सदस्य संख्याको बहुमत पुर्याउन कसरतमा रहेको समय ठकुर समुह नयाँ रणनीतिमा लागेको हो । प्रतिनिधि सभाको सदस्य संख्या २७५ को बहुमत पुर्याउन ओली विरोधी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले नसक्ने आँकलनका साथ उनीहरु लागेका हुन् ।


राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकारका लागि २७ वैशाखको साँझ आव्हान गरेकी छिन् । सो आव्हान बमोजिम देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर काँग्रेस, माओवादी र जसपाको संयुक्त सरकारका लागि निवेदन दिने तयारी समेत भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले देउवा र प्रचण्डसँग संयुक्त हस्ताक्षर गरी बहुमतको प्रधानमन्त्रीको आव्हान गर्न राष्ट्रपतिलाई आग्रह समेत गरेका थिए । तर, उक्त हस्ताक्षरप्रति ठाकुरले गम्भीर आपत्ती व्यक्त गर्दै मध्यराति विज्ञप्ति जारी गरे । यसले नयाँ राजनीतिक घटना विकास भएको छ ।

यही समय नेकपा (एमाले)ले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय बिहीवार बसेको एमाले ओली समुहको स्थायी कमिटीले गरेको छ । स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णयका साथमा माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ । स्रोतका अनुसार नेपाल र ओलीलाई मिलाउन भारतीय दुतावासको एक खेमा लागि परेको छ भने अर्को खेमा ठाकुर र महतोलाई परिचालन गर्न खटिएको छ । जस्को परिमाण नयाँ राजनैतिक धुव्रिकरण देखिदै गएको हो । नयाँ राजनैतिक विकासक्रम सँगै अव नेपाल समुहले कस्तो भूमिका खेल्छ त्यो पर्खनुपर्ने छ । स्रोतको दाबी अनुसार नेपाल खेमा आजको विकसित घटनाक्रममा मैन नै बस्ने छ जुन केपी ओलीलाई समेत विस्वासको मत दिने बेलामा बसेको थियो ।

देउवाले प्रधानमन्त्री बन्ने सम्भावना कमजोर बन्दै गएको छ । राजनैतिक समिकरण परिवर्तन हुँदै जाँदा नयाँ प्रधानमन्त्री बन्ने रणनीति कमजोर हुँदै गएको छ । उद्यपी ‘राजनीति समानान्तर रेखामा हिडदैन’ भने झैं अन्तिम समयमा नयाँ समिकरण नहोला भन्न सकिदैन् ।