June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

माधव नेपालसहित एमालेका चार नेतामाथिको निलम्बन फुकुवा

माधव नेपालसहित एमालेका चार नेतामाथिको निलम्बन फुकुवा

वैशाख ३०, काठमाडौं ।
नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गरेको छ । आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको थियो । पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरेको भन्दै एमालेले कारबाही गरेको हो । बैठकले नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधन र निर्णय लिन पार्टी अध्यक्ष ओलीलाई अधिकार दिने निर्णयसमेत गरेको छ ।