June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

काठमाडौं, ३१ बैशाख ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (बाँडफाँट) हुँदै छ ।आईपीओ बाँडफाँट आईपीओ विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो  । कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीको आईपिओमा १७ लाख भन्दा बढीले आवेदन दिएका थिए  ।

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो  ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार १० कित्ताको दरले सेयर बाँडफाँड गर्दा  २ लाख ३४ हजार १९५ आवेदकले १० कित्ता सेयर पाउनेछन् भने ४ जनालाई थप १ कित्ता भाग आउनेछ । १७ लाख ३४ हजार आवेदक मध्ये १५ लाख बढी आवेदको भने हात खालि हुनेछ ।

हाल ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी ८३ करोड ९४ लाख १० हजार पुग्नेछ ।