June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१४ लाख बढी आवेदकको हात खाली

वैशाख ३१, काठमाडौं ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रवन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यीमध्ये थप ४ जनाले थप एक/ एक कित्ताका दरले ११/११ कित्ता शेयर हात पारेका छन् ।

कम्पनीको आईपीओका लागि परेको आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाइ छ । कुल १६ लाख ९० हजार ६९ जना आवेदकमध्ये ४ हजार ४४२ जनाको आवेदन रद्द भएको छ । कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो ।