June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

दुई कम्पनीको ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

दुई कम्पनीको ३३ लाख कित्ता आईपीओ निष्कासन हुँदै

बजारमा दुई कम्पनीको ३३ लाख कित्ता माथिको आईपीओ निष्कासन हुने भएको छ । बजारमा दोर्दी खोला जलविद्युत कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले उत्त आईपीओ निष्कासनको तयारी गरेका छन् । यस्को लागि दुबै सस्थाले निष्कासन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।


दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता बोर्डमा दर्ता गराएको छ । दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ । दोर्दी खोलाको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, मानुषी लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता बराबरको आईपिओ निस्कासन गर्ने भएको हो । यो कम्पनील नेपाल धितोपत्र बोर्डमा बैशाख १३ गते आवेदन दिएको हो । मानुषीको विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ । दुबै कम्पनीले कोरोना संक्रमण पछि सरकारले लगाएको निषेधाज्ञा समाप्त भएपछि आईपिओ जारी गर्ने छन् ।