June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् । 


यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।