
जिबन जस्तै निर्जीवन बीमा कम्पनीको पनि पूँजी बृद्धि गर्नु पर्ने कम्पनी थुप्रै छन् । १५ वटा निर्जीवन बीमा कम्पनी मध्ये ४ वटा निर्जीवन बीमा कम्पनीले मात्र आफ्नो पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ । धितोपत्र बोर्डले नेपाल इन्स्योरन्स कम्पनीलाई चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्न अनुमति दिएको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ । नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सले १ अर्ब पुँजीको हासिल गरेको अवस्था छ । ८० प्रतिशत हकप्रद शेयर पश्चात आईएमई जनरल इन्स्योरेन्सको अहिलेको पुँजी ९७ करोड २० पुगेको छ । कम्पनीले अझै ३ प्रतिशत पुँजी वृद्धि गर्नु पर्ने छ । जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ । एन एल जी इन्स्योरेन्स र प्रुडियन्सल इन्स्योरेन्सले अझै आफ्नो पुँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सिध्दार्थ इन्स्योरेन्सको पुँजी क्रमश १४ प्रतिशत र १६ प्रतिशतले वृद्धि हुन् बाँकी छ जुन बोनस शेयर बाट आउने सम्भावना देखिन्छ । प्रिमियर इस्न्योरेनस र सगरमाथा इन्स्योरेन्सले क्रमश ७१ प्रतिशत र ८६ प्रतिशत आफ्नो पुँजी वृद्धि गर्न बाँकी छन । प्रमियर इन्स्योरेन्सले गत वर्ष निस्काशन गरेको एफ पी ओको प्रिमियम बाट यो बोनस शेयर दिदै पुँजी पुर्याउने देखिन्छ भने सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७३र७४ मा कुनै लाभांस नदिएकोमा उसले यो वर्ष राम्रै बोनस शेयर दिएर पुँजी पुगाउने सम्भावना देखिन्छ । त्यस्तै युनाईटेड इन्स्योरेन्स र रास्ट्रीय बीमा कम्पनीले आफ्नो पुँजी क्रमश २३१ प्रतिशत र २७५ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ । युनाईटेड इन्स्योरेन्सको संचालक समितिको बैठकले २४० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव विशेष साधारणसभामा लैजादै छ। उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी पुग्ने छ । एभरेस्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने तयारीमा छ । सो हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।


