Banijya News

नेपालको इन्टरनेट सेवा विश्वकै महँगो भएको पुष्टी

1
1.1K Shares

२७ माघ, २०७६, काठमाण्डौ ।
संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको इन्टरनेट सेवा भने अन्तर्रा्ष्ट्रिय स्तरमै निकै महँगो देखिएको एक अनुसन्धानले देखाएको छ। द एलियन्स अफ अफोर्डेबल इन्टरनेट ‘एफोरएआइ’का अनुसार नेपालका नागरिकसहित अफ्रिकी मूलुकका नागरिकहरुले महँगो इन्टरनेट चलाइरहेका छन्।
एफोरआइले विश्वका १ सय ३६ मध्यम तथा न्युन आय भएका मुलुकमा अध्ययन गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरेको सीएनएनले जनाएको छ।
एफोरएआइ विश्वव्यापी संस्था हो जसले विश्वमा मानिसले उचित मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउनुपर्छ भनेर वकालत गर्दै आएको छ। यस अभियानमा गुगल र फेसबुक पनि समावेश छन्।
एफोरआइका अनुसार प्रतिमहिना १ जिबी डेटाको मूल्य एक नागरिकको महिनाको तलबको २ प्रतिशत मात्र हुनुपर्छ। तर अनुसन्धानमा ती राष्ट्रका नागरिकले १ जिबी डेटाका लागि तलबको ७.१२ प्रतिशतसम्म खर्च गर्नुपरेको उल्लेख छ।
यसैबिच, महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको जनाएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ ।

1

Scroll to Top