Banijya News

नदिजन्य पदार्थ उत्खनन गर्ने मोतीदान कन्स्ट्रक्सन ले तिर्यो ७३ लाख जरिवाना

1
1.1K Shares

१४ फागुन, काठमाडौं ।
ठेक्का सम्झौता भन्दा बढि नदिजन्य पदार्थ उत्खनन गर्ने मोतीदान कन्स्ट्रक्सन सेवा प्रा.लि. ले ७३ लाख जरिवाना तिरेको छ । जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरभित्र तोकिएको भन्दा बढी ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेको भन्दै उक्त कम्पनी लाई जरिवाना तिराएको हो  ।
जिल्ला समन्वय समितिले २०७६ असार ५ गते सम्झौता उलंघन गरेको भन्दै मोतीदान कन्स्ट्रक्सन लाई ७३ लाख १३ हजार ८३३ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त कन्स्ट्रक्सनले तोकिएभन्दा २० हजार ६४८ घनमिटर नदीजन्य पदार्थ बढी उत्खनन गरेको थियो ।
कन्स्ट्रक्सनले उक्त निर्णय लाई मनन् गर्दै हेटौंडा इजलासमा जिसस र हेटौंडा उपमहानगर विरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले २०७६ माघ ९ मा जिससले गरेको निर्णयको पक्षमा फैसला गरेपछि कम्पनीले जरिवाना रकम तिरेको हो । कम्पनीले उक्त रकम जिल्ला समन्वय समितिको राजस्व खातामा दाखिला गरेको छ ।

1

Scroll to Top