Banijya News

बढी मूल्य लिएपछि भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिमाना

1
1.1K Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भाटभटेनी सुपरमार्केट टंगाललाई ३ लाख जरिमाना तिराएको छ । सोमबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएको पाएपछि ३ लाख रूपैयाँ जरिमाना तोकिएको विभागले जनाएको छ । उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिमाना गरेको हो। 

सोमबार नै कपनमा मूल्यसूची नराख्ने अमरावती खाद्य भण्डारलाई २ लाख, एमबीटी खाद्य सप्लायर्सलाई १ लाख र जीएन स्टोरलाई ५० हजार रूपैयाँ जरिमाना तोकिएको छ ।

1

Scroll to Top