Banijya News

अन्नतः मुम्बईबाट बुबा, आमा सहित गाडीमै स्वदेश फर्किइन अभिनेत्री मनिषा कोइराला

1
1.0K Shares

अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेको समय उनी बा–आमा सहित निजी गाडीमा नेपाल आएकी हुन् ।

मुम्बईमा बस्दै आएकी कोइराला त्यहाँ बस्ने माहोल नभएपछि नेपाल फर्केकी हुन् । उनि आजै काठमाडौं आउंदै गरेको बताइएको छ । सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर गन्तब्यमा लगेको स्थानियले बताएका छन् ।

मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टी गरेका छन् । बेलहिया नाकाबाट आएको उनको परिवार होटलमा क्वारेन्टाइन बस्ने पन्थीले बताए ।


सीमाको विषयमा विवाद भएपछि सरकारले नयाँ नक्सा जारी गरेको बिषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मेन्सन गर्दै मनिषा कोइरालाले सरकारको तारिफ गरेकी थिइन् । यसै बिषयलाई अतिरन्जित गर्दै भारतीय मिडियाले उनलाई विवादमा तानेका थिए ।

मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएको हेर्न हामी सबै इच्छुक छौँ ।’


मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन् । उनी लकडाउन चलिरहँदा नेपाल प्रवेश गरेकी हुन् ।

अन्नपूर्ण पोष्टबाट
1

Scroll to Top