Banijya News

सेयर धितोमा राखेर पाइने ऋणको सीमा ७० प्रतिशत कायम

1
1.0K Shares

काठमाडौैं । मगलबारदेखि सेयर धितोमा राखेर पाइने ऋणको सीमा बढाईएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणालाई एकीकृत निर्देशिका मार्फत ऋणको सीमा बढाईएको हो ।


हाल १८० दिनको कारोबारको अन्तिमको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ६० प्रतिशतमात्र सेयर धितोमा ऋण दिने पाइने व्यवस्था भएकोमा सोमबार एकीकृत निर्देशका ल्याउँदै ऋणको सीमा बढाएर ७० प्रतिशत कायम गरिएको छ ।


नयाँ व्यवस्थामा १२० दिनको कारोबारको अन्तिमको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यो रकमको बढीमा ७० प्रतिशतसम्म ऋण दिन सकिने ब्यावस्था गरेको हो । मौद्रिक नीतिका आधारमा बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले सबै खालको व्यक्तिगत कर्जाको सिलिङ तोकिदिएको हो ।

  यसरी गरेको ब्यवस्थामा सेयर धितोसहित सबै खालका व्यक्तिगत कर्जाको सीमा रु. ५० लाख तोकिदिएको छ । केन्द्रीय बैंकले व्यक्तिगत ओभरड्राफ्टलाई पनि रु. ५० लाखको सीमामै यथावत राखेको छ भने धितो कर्जा, सम्पति कर्जा, ब्यक्तिगत आवधिक कर्जाको सीमा पनि ५० लाख नै तोकिएको छ । 

1

Scroll to Top