Banijya News

बजार अनुगमनलाई तीव्र बनाउँदै वाणिज्य विभाग

1
1.1K Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । अनुगमन क्रममा उपभोक्ताको अधिकार हनन गर्ने र कानुनी प्रक्रिया पूरा नगरी व्यावसाय सञ्चालन गर्ने व्यावसायी तथा फर्मलाई धमाधम कारबाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले मंगलबार मात्र २ वटा फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको र ३ वटालाई जरिबाना तिराएको हो ।

विभागले मंगलबार काठमाडौँ रविभवनमा गरेको अनुगमनको क्रममा दुई फर्निचर पसललाई कारबाही गरेको हो । रविभवनस्थित रविभवन फर्निचर एण्ड फिक्चर्सलाई मूल्य सुची नराखेको र व्यवसाय दर्ता प्रमाणपत्र समेत नभएको अवस्थामा सञ्चालन गरेको पाइएपछि ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ । सोही स्थानको फर्निचर एन्ड फिक्चर्सलाइ खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको कसुरमा ११ हजार रुपैयाँ जरिवाना तिराएको हो । त्यस्तै, बालाजुको भाँडाकुडा स्टोरलाई दर्ता प्रमाणपत्र नराखेको कसुरमा ५५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लंघन पाइएपछि विभागले सम्बन्धित व्यवसायीहरूलाई आवश्यक निर्देशन तथा कारबाही गरेको छ । अनुगमनका क्रममा २ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ फर्मलाई सामान्य निर्देशनका साथै १ फर्मलाई थप व्यवस्थित गर्न निर्देशन दिएको छ ।

1

Scroll to Top