आज स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको ३५औं स्मृति दिवस मनाइँदैछ ।
१९९६ साल असोज १८ गते काठमाण्डौको किलागलमा जन्मीएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पाएका छन् ।
२०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए । उनले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाएको रेकर्ड छ ।
नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन् । यस्तै, उनले नेपाल भाषाका पनि गीत गाएका छन् । २०१३ सालमा दुर्गालाला श्रेष्ठको नाटकबाट दृष्टिविहीन व्यक्तिको भूमिकामा अभिनय गर्दै रंगमञ्चमा प्रवेश गरेका उनि २०१८ साल पछि गायनमा सक्रिय भए ।
नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाएका थिए ।


