फेब्रुअरी महिनाको आगमनसँगै हावामा एउटा छुट्टै सुगन्ध फैलिन्छ—प्रेमको सुगन्ध सडकका पसलहरू राता गुलाफले भरिन्छन्, क्याफेहरूमा ’लव थिम’ का गीत बज्न थाल्छन् र बजारले प्रेमलाई एउटा उत्सवको रूपमा सजाउन थाल्छ । तर, यो रङ्गीन माहोलको बीचमा एउटा गम्भीर प्रश्न सधैँ अनुत्तरित रहन्छः “भ्यालेन्टाइन डे वास्तवमा के हो ? केवल एउटा क्यालेन्डरको तारिख, कि भावनाहरूको कडा परीक्षा ?“ विशेष गरी केटीहरूको दृष्टिकोणबाट हेर्दा, यो दिन केवल चकलेट र फूलमा मात्र सीमित छैन; यसभित्र लुकेका छन् अनेकौँ रहस्य, अपेक्षाहरू र मनोवैज्ञानिका उतारचढावहरू ।
उपहारको मूल्य भर्सेस भावनाको गहिराइ
धेरैलाई लाग्न सक्छ कि केटीहरू भ्यालेन्टाइन डेमा महँगा उपहारको आशा गर्छन् । तर वास्तविकता अलि फरक र निकै रहस्यमय छ । केटीहरूका लागि उपहारको ’प्राइस ट्याग’ भन्दा त्यसको पछाडि लुकेको ’विचार’ (त्जयगनजतागलिभकक) महत्वपूर्ण हुन्छ । उनीहरू यो दिनमा आफ्नो पार्टनरले आफूलाई कति नजिकबाट चिनेको छ भन्ने कुराको प्रमाण्को खोजीमा हुन्छन् ।
यदि कुनै केटाले आफ्नी प्रेमिकालाई उसले धेरै अघि भनेको कुनै सानो कुरा सम्झिएर उपहार दिन्छ भने, त्यो उपहार हीराको औँठी भन्दा मूल्यवान् बनिदिन्छ । केटीहरूको नजरमा यो दिन एउटा यस्तो ऐना हो, जहाँ उनीहरू आफ्नो पार्टनरको ’केयरिङ’ स्वभावको प्रतिबिम्ब हेर्न चाहन्छन् । उनीहरूका लागि यो केवल गिफ्टको आदानप्रदान नभएर आफ्नो पार्टनरको समय र ध्यानको लगानी जस्तो हो ।
सामाजिक सञ्जालको दबाब र ’भर्चुअल’ प्रतिस्पर्धा
आजको डिजिटल युगमा भ्यालेन्टाइन डे केवल दुई व्यक्तिबीचको निजी कुरा रहन पुगेन । फेसबुक, इन्स्टाग्राम र टिकटकका ’स्टोरी’हरूले यसलाई एउटा सामाजिक प्रतिस्पर्धाको रूप दिएका छन् । केटीहरूमा एउटा अघोषित दबाब हुन्छ— “सबैले राम्रो गिफ्ट र सरप्राइज पाइरहेका छन्, मेरो सम्बन्ध कस्तो देखिँदैछ ?“
यो ’पियर प्रेसर’ (साथीभाइको दबाब) ले गर्दा कहिलेकाहीँ साँचो माया ओझेलमा पर्छ र देखावटीपन हाबी हुन्छ । धेरै युवतीहरू यो दिनमा आफ्नो सम्बन्धलाई ’भ्यालिडेट’ (प्रमाणित) गर्न खोज्छन् । अरूका अगाडि आफ्नो पार्टनरले कति सम्मान र प्रेम दियो भन्ने कुराले उनीहरूको आत्म–सम्मानमा समेत असर पारिरहेको हुन्छ । यो मनोविज्ञान बुझ्न नसक्दा धेरै सम्बन्धहरूमा यही दिनदेखि खटपट सुरु हुने गर्छ ।
मौन अपेक्षाः “नभनी बुझिदेऊ न“
केटीहरूको स्वभावमा एउटा साझा विशेषता हुन्छ—उनीहरू चाहन्छन् कि पार्टनरले उनीहरूको इच्छा नभनीकनै बुझोस् । भ्यालेन्टाइन डेमा यो ’मौन अपेक्षा’ झनै तीव्र हुन्छ । “मैले नै भन्नुपर्छ भने त के अर्थ रह्यो र?“ भन्ने सोचले धेरै केटीहरूको मनसयमा आफ्नो पार्टनर प्रती नकारात्मक सोच जागरुक गर्छ ।
उनीहरू चाहन्छन् कि यो दिन पार्टनरले स्वतःस्फूर्त रूपमा केही योजना बनाओस् । चाहे त्यो सानो ’क्यान्डल लाइट डिनर’ होस् वा हातैले लेखिएको एउटा सानो चिठी, जब पार्टनरले “आज के गर्ने त?“ भनेर सोध्छ, त्यहीँबाट केटीहरूको उत्साह अलि कम हुन थाल्छ । उनीहरूका लागि ’सरप्राइज’ भनेको केवल उपहार होइन, पार्टनरले आफ्नो लागि माया,विश्वास र सम्मानको भावनात्मक नतिजा हो । यो योजनाले नै उनीहरूलाई सम्बन्धमा विशेष (क्उभअष्ब)ि भएको अनुभूति गराउँछ ।
सम्बन्धको ’लिमस टेस्ट’ र भविष्यको सङ्केत
धेरै युवतीहरूका लागि भ्यालेन्टाइन डे एउटा ’लिमस टेस्ट’ जस्तै हो । यदि पार्टनरले यो दिनलाई पूर्ण रूपमा बेवास्ता गर्छ वा “यो त अरुको संस्कृति हो, हामीले मान्नु पर्दैन“ भन्दै पन्छिन खोज्छ भने, केटीहरूले यसलाई केवल एउटा विचारको रूपमा मात्र लिँदैनन् । उनीहरू यसलाई पार्टनरको भविष्यप्रतिको गम्भीरता र संवेदनशीलतासँग जोडेर हेर्छन् ।
उनीहरू सोच्छन् “यदि आजको दिन पनि यसले मेरो खुसीको लागि थोरै प्रयास गर्दैन भने, भोलि जीवनका ठूला मोडहरूमा यसले मलाई कसरी साथ देला?“ त्यसैले, यो दिन धेरैका लागि सम्बन्धलाई अगाडि बढाउने कि नबढाउने भन्ने निर्णय लिने आधार पनि बन्ने गरेको छ । यस दिन हुने सानो बेवास्ताले पनि केटीहरूको मनमा गहिरो शङ्का उब्जाउन सक्छ ।
साँचो चाहनाः सुरक्षा र प्रशंसाको भोक
अन्ततः, सबै रहस्य र अपेक्षाहरूको चुरो कुरो एउटै छ—सराहना (ब्उउचभअष्बतष्यल)। केटीहरू यो दिनमा केवल यो सुन्न र महसुस गर्न चाहन्छन् कि उनीहरू आफ्नो पार्टनरको जीवनमा कति महत्वपूर्ण छन् । उनीहरूलाई चाहिएको सुरक्षाको अनुभूति र “तिमी मेरो लागि सबैभन्दा राम्रो छौ“ भन्ने भाव हो ।
बजारले भ्यालेन्टाइन डेलाई व्यापारिकरण गरे पनि, केटीहरूको हृदयले खोज्ने भनेको साँचो प्रेम र समय नै हो । महँगा रेस्टुरेन्टको डिनर भन्दा पनि पार्टनरसँग बसेर गरिने मनका कुरा र भविष्यका सपनाहरूले उनीहरूलाई बढी सन्तुष्टि दिन्छ ।
भ्यालेन्टाइन डे केवल एउटा दिन होइन, यो त भावनाहरूको सङ्गालो हो । केटीहरूको नजरमा यो दिन मायाको उत्सव मात्र नभई, पार्टनरको समर्पण जाँच्ने एउटा ऐना हो । यदि तपाईं आफ्नो सम्बन्धलाई प्रगाढ बनाउन चाहनुहुन्छ भने, महँगो उपहारमा भन्दा पनि आफ्नो पार्टनरको भावना बुझ्न र उनीहरूलाई समय दिन लगानी गर्नुहोस् । किनकि, एउटा केटीका लागि संसारको सबैभन्दा ठूलो उपहार भनेको उसको पार्टनरको साँचो सम्मान र कहिल्यै नछुट्ने साथ नै हो ।


