Banijya News

सडक विभागका इन्जिनियर विरुद्ध ३ करोड भष्टचारको मुद्दा दायर

1
1.1K Shares

असार, १९ काठमाडौं ।
सडक विभागका इन्जिनियर भरतराज आचार्य विरुद्ध ३ करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड २१ लाख ६२ हजार बराबारको सम्पत्तिको स्रोत नखुलेको भन्दै उनीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सरकारी पद दुरुपयोग गरी ३ करोड बराबरको सम्पत्ति आचार्यले गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा कुल ५ करोड २९ लाख ४२ हजार ४ सय ६६ आम्दानी देखिएकोमध्ये २ करोड ७ लाख ७९ हजार ९ सयमात्र वैध आर्जन गरेको अख्तियारले पुष्टि गरेको हो ।


२०४१ सालमा सार्वजनिक सेवामा प्रवेश पश्चात आचार्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घरनिर्माण, सवारी साधन खरिदलगायतमा खर्च लगानीका साथै स्रोत नखुलेका रकमहरु समेत अस्वभाविक मात्रामा बैकिङ कारोबार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारले आचार्यलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवानाको माग गरेको छ ।

1

Scroll to Top