नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर
२६ असोज, काठमाडौं । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको छ ।
राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि मण्डलको छलफलपछि समझदारी बनेको हो । केरुङ काठमाडौं रेलमार्गको डिपिआर निर्माण, टोखा- छहरे र वेत्रावति- स्याफ्रुबेसी सुरुङमार्ग, अरनिको सडक स्तरोन्नती र मदन भण्डारी विश्वविद्यालयलगायतका बिषयमा समझदारी भएको छ ।
सी र ओलीको उपस्थितिमा दुई देशका प्रतिनिधिहरुले समझदारीपत्र आदनप्रदान गरेका छन्। यसैगरी नेपाल र चीनका दुई/दुई शहरबीच पनि भगीनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको छ। काठमाडौं महानगर र नान्सी तथा बुटवल उपमहानगर र सियानबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको हो। सम्झौता पछि चिनियाँ राष्ट्रपति स्वदेश फर्कर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस्