आर्थिक सल्लाहकारमा सुवेदी नियुक्त
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्राध्यापक डा. कपिलदेव सुवेदीलाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आएका डा. सुवेदी आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
मन्त्रालयले उनलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री थपलियाले बताए । अहिले बजेट निर्माणको समय भएकाले मन्त्रालयले सहयोगको अपेक्षा गरेको मन्त्री थपलियाले बताए । चितवन निवासी डा. सुवेदीबाट प्रदेशलाई अग्रगामी बनाउन कर्मचारीहरूसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्री थपलियाले अपेक्षा गरे । बजेट निर्माणमा उनले आफ्नो क्षमताको परिचय दिने पनि बताए ।
सल्लाहकारको भूमिका पाउँदा डा. सुवेदी खुशी भएको सल्लाहकार सुवेदीले बताए । उनले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने र यो अवसरलाई जिम्मेवारीका साथ लिने बताए ।
डा. सुवेदीले जनताको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने बताएका छन् । कार्यप्रगतिका लागि हातेमालो गर्ने र सकेसम्म समय दिने उनको प्रतिबद्धता छ । यसबाहेक उनले इमानदारीपूर्वक प्रदेश सरकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका उपसचिव श्रीकृष्ण आचार्यलगायत मन्त्रालयका कर्मचारीको सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्