Banijya News

चार सय रुपैयाँले घट्यो सुनको भाउ

1
1.1K Shares

बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको भाउ भने रेकर्ड मूल्यबाट तल झरेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २२ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ हालसम्ममकै उच्चमूल्य प्रतितोला २२ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

1

Scroll to Top